काठमाण्डौं, साउन ६
२० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपमा लिग चरणको अन्तिम
खेलमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका
पौने ५ बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।
यसअघि नेपाल लगातार दुई खेलमा पराजित
भयो । गएराति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा र पहिलो खेलमा
श्रीलङ्कासँग ३–१ को सेटमा हारेको थियो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का सहभागि छन् ।
नेपाल र माल्दिभ्स दुई खेलमा अङ्कविहिन
हुँदा श्रीलङ्का र किर्गिस्तानको समान ६ अङ्क छ । सबै टोलीले एकआपसमा खेलेपछि
सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले
सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ ।
४ साउन २०८१, शनिवार ०२:१९ मा प्रकाशित