काठमाण्डौं, कार्तिक २०
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।
प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा नमुना पठाइएको छ।
प्रधानमन्त्री अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अन्य सबै कार्यक्रमहरु रद्द गरिएको छ । प्रधानमन्त्रीले आज गृहमन्त्री रमेश लेखकसँग मात्र भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीलाई चिकित्सिकहरुले घरमै आराम गर्ने सल्लाह दिएका छन ।
१९ कार्तिक २०८१, मङ्गलबार ०३:३६ मा प्रकाशित