काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः३० बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू—भागमा कर्फ्यू आदेश जारी गरिएको हो ।
सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरिएको हो ।
२३ भदौ २०८२, मङ्गलबार १०:१२ मा प्रकाशित