काठमाडाैं , पागुन ६
प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सांसदहरूसँग प्रश्नोत्तर हुने कार्यसूची छ।
आजकै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०’पेस गर्ने कार्यसूची पनि रहेको छ।
आजै प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।
५ फाल्गुण २०८०, आईतबार ०७:५१ मा प्रकाशित