साहित्यकार तथा कथाकार परशु प्रधानको निधन

Jhalkonepal

 

काठमाडौं,चैत ६ 

साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।

गएराति बानेश्वरस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएकाे छ ।  प्रधानका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उहाँका बक्ररेखा, फेरी आक्रमण, यौटा अर्कोप्रधानले बाल साहित्यमा पनि कलम चलाएका थिए । उहाँका  नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित छन् ।

प्रतिक्रिया