काठमाडौं, असार १०
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्दा कारोबारमा
भने उछाल आएको छ । नेप्से ३.२१ अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको
भएको छ ।
नेप्से झिनो अंकले बढ्दा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता
वित्त समुहमा झुमिएका लागनीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ ।
आज नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ ।
लघुवित्तमा पनि आज
लगानीकर्ताको आर्कषण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । आज बढ्ने समूहमध्ये तेस्रो
स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ ।
आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा
कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा
कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।