गाेदावरी जङ्गलमा लागेकाे डढेलो निभाउने क्रममा घाइते भएका एक जनाकाे ज्यान गयाे

Jhalkonepal

काठमाडाैं, वैशाख १८ 

ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल जङ्गलमा लागेकाे डढेलो निभाउने क्रममा घाइते भएका एक जनाकाे ज्यान गएकाे छ ।

आगलागीमा परि स्थनीय शंकर पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँकाे उपचारका क्रममा कीर्तिपुर जलन उपचार अस्पतालमा ज्यान गएकाे एसपी सुवेदीले बताउनुभयाे ।

बडीखेल जङ्गलमा लागेकाे डढेलाे निभाउने क्रममा आज शंकर र रमेश पहरी घाइते भएका थिए । रमेशकाे अहिले कीर्तिपुर जलन उपचार अस्पतालमै उपचार भइरहेकाे छ ।

प्रतिक्रिया