प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेल विच भेटवार्ता

Jhalkonepal

काठमाडौं, पुस २६
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवासमेत सो भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।  भेटको अवसरमा परराष्ट्र मन्त्री डा. देउवाले आफूले गरेको चीन  भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो। 
साथै सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया