तुइन खोलामा फेरि पहिरो, मुग्लिन–नारायणघाट सडक ठप्प

Jhalkonepal

काठमाडौं- भारी वर्षाका कारण तुइन खोलामा पहिरो गएको छ । पहिरोका कारण नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

सडक अवरुद्ध भएसँगै स्थानीय प्रशासनले यात्रामा रोक लगाउने तयारी भएको प्रहरीको उच्च स्रोतले जनाएको छ । 

तुइन खोलामा दशैँ शुरु भएदेखि नै पहिरो जाने क्रम रोकिएको छैन । 

देशैभर सचेतना अपनाउन भन्दाभन्दै पनि विशेष परिस्थितिका कारण यात्रा गरिरहेका यात्रुहरु अलपत्र परेका छन् । 

देशैभरका स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरिरहेका छन् । 

प्रतिक्रिया