सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला

Jhalkonepal

 काठमाडौं, कात्तिक २२

 सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले ८ वर्ष कैद सजाय र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेकाे छ ।

सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको हो । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो । अाज  कैदकाे फैसला सुनाएको हो ।  सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक थिए ।

प्रतिक्रिया