काठमाण्डौ , मंसिर १७
आज सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ थियो ।
१६ मङ्सिर २०८१, सोमबार १२:४२ मा प्रकाशित