काठमाडौँ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९९० रुपैयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१ असार २०८३, मङ्गलबार १२:१२ मा प्रकाशित