काठमाडौं , भदौ ९
रामेछापमा पहिरो जाँदा ८
जना बेपत्ता भएका छन्।
जिल्लाकाे दोरम्बा-शैलुङ गाउँपालिका-
३ लेकखर्कमा राति १ बजे पहिरो गएकाे हाे। पहिराे जाँदा तीनवटा घरका ८ जना बेपत्ता
भएका हुन्।
घटनाकाे सम्पूर्ण विवरण आइनसकेकाे
जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएकाे छ। प्रहरी
घटनास्थलतर्फ जाँदैछ।
८ भदौ २०८१, आईतबार ०७:५९ मा प्रकाशित