साफ यू–१६ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Jhalkonepal

काठमाडौं, फागुन २७

  बंगलादेशले साफ यू–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

भारतलाई आइतबार पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश‌ च्याम्पियन बनेको हो।

सातदोबाटो स्थित एन्फा मुख्यालयमा आइतबार भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट बाट खेलको निर्णय भएको थियो ।

 सुरूवाती समयमै खेलमा लिएको अग्रता भारतले जोगाउन सकेन । अनुष्का कुमारीले चौथो मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा दिलाएकी थिइन् तर ७१औँ मिनेटमा कप्तान अप्रिता विश्वासले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिइन् ।

फागुन १८ गते बाट सुरु भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी ४ टोलीको सहभागिता थियो ।  

प्रतिक्रिया