पुर्व प्रधानमन्त्री भट्टराईले गरे सिरोहिया पक्राउको विरोध, अरुले कस्तो दिए प्रतिक्रिया

Jhalkonepal

काठमाण्डौं, जेठ ८

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरे पछि यसको चौतर्फी आलोचना भइरहेको छ । गृहमन्त्री रबि लामिछानेले प्रतिसोध साध्न सिरोहियालाई पक्राउ गरेको स्वयं सिरोहियाले पक्राउ परे पछि प्रतिक्रिया दिएका थिए । 

सिरोहियालाई पक्राउ गरिए पछि पुर्व प्रधानमन्त्री बाबुराम आचार्यले सामाजिक संजाल एक्स मार्फत विरोध जनाएका छन । उनले लेखेका छन । अंग्रेजीमा एउटा भनाइ छ‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन। झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं ( आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु)


यस्तै बरिष्ठ पत्रकार किशोर नेपालले पनि एक्समा लेखेका छन । यो त हदै भयो । सरकारले कैलाश सिरोहियालाई पक्राउ गरेर नकाम गरेकोछ । यो क़ानूनी होइन, हदैसम्मको गैर-कानूनी काम हो सरकारको । सरकारले कैलाश बिरुध्दको कारबाही फिर्ता लेओस ।


अधिवक्ता तथा अधिकारकर्मी मोहना अन्सारीले यो मधेशी समुदायलाई अपहेलित गरेको लेखेकी छिन । एक्समा उनको प्रतिक्रिया छ  । असम, बनारस र बरगनीया जन्मेका कोईराला नेपाल वा शर्मा थोरै हो । उनीहरु गर्भबाटै नागरिकता लिएर जन्मिन्छन् । यो त सिरोहिया हो । नगरिकता को अस्त्र धेरै पुरानो हो जसले मधेशीलाई मात्रै वर्षौ देखि तर्साएर राखेको छ ।


यस्तै कांग्रेस उपसभापति विमलेन्द्र निधिले सिरोहिया आफ्नो छिमेकी भएको उल्लेख गर्दै रिहाइको माग गरेका छन । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिर‍‍ोहियाक‍‍ो गिरफ्तारी प्रतिशोधक‍ो नाङ्गो करतुतह‍‍ो।यसको भर्त्सना गर्दछु।जनकपुरमा उनको र मेरो घर सडकक‍ो वारीपारी ह‍‍ो,उनक‍ो मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु।संचार क्षेत्रमा उनक‍ो योगदान अद्वित्तिय छ। तत्काल उनको रिहाइको माग गर्दछु।


जनमत पाटिर्कका अध्यक्ष डा. सिके राउतले गृहमन्त्री रबि लामिछानेसंग यस्तो अपेक्षा नरहेको जनाएका छन । कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेररु यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्


यसै विच पत्रकार महासंघले पनि विज्ञप्ती निकाल्दै सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रता माथिको प्रहार भन्दै सरकारको निन्दा गरेको छ । 

प्रतिक्रिया