बैतडी, असार २३
सेती
नदीको बाढी बस्तीमा पस्न
थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित
स्थानमा सारिएको छ । सिगास
गाउँपालिका–५ ढुङ्गाडका ६०
परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उहाँले
भन्नुभयो, “सेतीको बाढी गाउँ पस्ने
खतरा बढेपछि स्थानीयलाई
सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय
जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”