सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य पाँच हजार २८५ रुपैयाँ निर्धारण भएको छ । 

हिजो बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया