काठमाडौं, भदाै २२
आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र
सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन
जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो।
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई
पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट
निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।
दिवसको अवसरमा सरकारले आज १० जनालाई उत्कृष्ट निजामती सेवा
पुरस्कार र ३० जना निजामति सेवा पुरस्कारबाट पुरस्कृत गर्दैछ ।
२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती
सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई
‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।
हरेक साल १० जनालाई १ लाख रुपैयाँ
राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती
सेवा पुरस्कार दिइन्छ ।