अपांग सरोकार केन्द्रमा निशुल्क स्वास्थ्य शिविर

Jhalkonepal


काठमाण्डौं, असोज ६

लायन्स एन्ड लियो क्लब छाब्दबाराही र लायन्स एंड लियो क्लब दरबामार्गको आयोजनमा माछापोखरी स्थित अपांग सरोकार केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । अपांगता भएकाहरु विच स्वास्थ्य सचेतना अभिवृद्धि गर्न आयोजना गरिएको शिविरमा ५६ जना अपांगता भएका व्यक्तिहरुले स्वास्थ्य सेवा पाएका छन । शिविरमा २७ महिला र २९ जना पुरुषहरुको स्वास्थ्य परिक्षण तथा परामर्श गरिएको लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीकी अध्यक्ष मंजिता परियारले बताउनु भयो । 


शिविरमा रक्तचाप, मधुमेह लगायतको समस्या लिएर आएका विरामीहरुले परिक्षण तथा परामर्श सेवा पाएका थिए । शिविरमा सिनामंगल स्थीत काठमाडौं मेडिकल कलेजका डाक्टर भरत भट्टराईको नेतृत्वमा विशेषज्ञ डाक्टहरुले सेवा दिएका थिए ।  कार्यक्रममा लायन्स क्लव डिस्ट्रिकका अध्यक्ष सन्तोष दाहाल, उपाध्यक्ष अभय थापा, कोषाध्यक्ष सुनिल मिश्र लगायत लियो क्लब अफ काठमाडौं छाब्दी बाराहीका क्लब सदस्यहरुले स्वमंसेवकको रुपमा शिविरमा सघाएका थिए । 

लायन्स एन्ड लियो क्लबले हरेक शनिवार स्वास्थ्य तथा सरसफाइका साथै विभिन्न सामाजिक विषयमा जनचेनामुलक कार्यक्रम गर्दै आएको छ। 


प्रतिक्रिया