एसईई परीक्षामा ५ लाख परीक्षार्थी सहभागी हुँदै, सम्पूर्ण तयारी पूरा, जापानमा पनि केन्द्र

Jhalkonepal

काठमाडौं, चैत ६

भोलि चैत ७ गतेदेखि सुरु हुने २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी  ५ लाख १४ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्।  कुल विद्यार्थीहरु मध्ये १६,९४७ जना प्राविधिक धारको विद्यार्थी सहभागी हुनेछन् । नेपालमा २०७९ र जापानमा १ गरी जम्मा २०८० ओटा परीक्षा केन्द्र बाट परीक्षा सञ्चालन हुन लागेको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागी हुदैंछन्।

बोर्डले परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीको आधारमा यस वर्ष उक्त संख्यामा विद्यार्थीले परीक्षा दिने जनाएको छ ।

 चैत ७ देखि १९ सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ । परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याइसकिएको र परीक्षामा अनिवार्य विषयका लागि प्रदेशअनुसार फरक– फरक प्रश्न पत्र तयार पारिएको बोर्डले जनाएको छ ।

ऐच्छिक विषयमा विद्यार्थी संख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एकै प्रकारको मात्रै प्रश्न पत्र छापिएको छ।

प्रतिक्रिया