काठमाडौं, साउन ४
कोटेश्वरस्थित एक गेष्टहाउसबाट छ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक
काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान
ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन
थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा
पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार
गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिनुभयो । गैरकानुनी
गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल
खड्कालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
३ साउन २०८१, शुक्रबार ०८:५६ मा प्रकाशित