सभामुख घिमिरे द्वारा मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल

Jhalkonepal

काठममाडाै, चैत १५

सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएकाे छ । 

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएकाे हाे ।

छलफलमा सत्तापक्ष नेकपा (एमालेका) प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही सहभागी छन्।

विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिनुपर्ने माग राख्दै सदन अवरूद्ध गर्दै आइरहेका छन्।

प्रतिक्रिया