आज साउन महिनाको पहिलो सोमबार ,देशभरका शिवालयहरुमा श्रद्धालुको बाेलबम यात्रा सुरू

Jhalkonepal


काठमाडाैं, साउन ७

 आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । 


प्रतिक्रिया