काठमाण्डाै , चैत २८
नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय
सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
आज राष्ट्रिय सभामा भएको चुनावमा विमला घिमिरेलाई
उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा बहुमत भएकाले उहाँ
निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो । उम्मेदवार घिमिरेको
पक्षमा ३९ मत परेको थियो भने कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत
प्राप्त गर्नुभएको थियो ।
गएकाे चैत १५
गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएकाे थियाे र साेही
स्थानमा निर्वाचन भएकाे हाे ।
राष्ट्रिय सभाको अर्को बैठक चैत ३० गते शुक्रवार
एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
२७ चैत २०८०, बुधबार ०४:१४ मा प्रकाशित