काठमाण्डाैँ , माघ ११
राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३
सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट
अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर
परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार
८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार
७७९ मतभार पाए ।
राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद
ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार
पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका
पदाधिकारीहरुको २०१ मत पाए ।
कोशी प्रदेशमा नेपाली कांग्रेसका
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार
बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् ।