धनकुटा,चैत २४
धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिनुभयो ।ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् ।
बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२३ चैत २०८०, शनिवार ०९:११ मा प्रकाशित