काठमाण्डौ, सावन १४
रसुवा, नुवाकोट र धादिंगको तटिय क्षेत्रमा बाढीको अलर्ट जारि गरिएको छ । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आए पछि सो अलर्ट जारि गरिएका हो । बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।
रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ ।
बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
१४ साउन २०८२, बुधबार ०७:५५ मा प्रकाशित