एजेन्सी
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक सय २० जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय २० जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ ।
एक सय ७५ जना यात्रु र चालक दलका छ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कंदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका बीबीसीले जनाएको छ ।
१३ पुस २०८१, आईतबार ०२:३३ मा प्रकाशित