काठमाडौं, माघ ९
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम
अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ
।
रुपन्देही जिल्ला
अदालतका न्यायाधीश पल्हादकुमार योगीको इजलासमा बुधबार बयान सकिएको अदालतका सूचना
अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत
आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित
भएका थिए ।
८ माघ २०८१, बुधबार ०४:५७ मा प्रकाशित