जीप दुर्घटना हुँदा ६ जना घाइते : बैतडी

Jhalkonepal

बैतडी,माघ १२

 बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिगास गाउँपालिका १ को गणानबाट इराना जाने क्रममा शनिवार बिहान ५ बजे सोही वडाको माँडौ भन्ने स्थानमा सुपप्र ०१ ००१ च ४०२८ नम्बर जीप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् । 
घाइते हुनेमा सिगास गाउँपालिका-१ इरानाका १४ वर्षीया जयन्ती धामी, सोही ठाउँका ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका जिल्ला प्रहरी बैतडी प्रहरी कार्यलयले जानकारी दिएको छ ।
घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरीले बताएका छ । चालकसहित जीपमा ८ सवार रहेका प्रहरीले जनाएका छन्। 
 

प्रतिक्रिया