काठमाण्डाैं, असार १४
महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रीय
समितिको बैठक आगामी जेठ १९ गते बुधबार पार्टी कार्यालयमा चःमतिमा बस्ने महामन्त्री
ढकालले जानकारी दिए ।
महामन्त्री
ढकालले गत बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि
लामिछानेलाई प्रतिवेदन बुझाएका थिए ।
गत वैशाख
१५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको
भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । ढकालले जेठ ६
गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए ।
त्यसक्रममा
उनले २ हजार ७९ जनाभन्दा बढी नेता—कार्यकर्तासँग संवाद गरेको उनले बताएका छन् ।
समीक्षा
यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार
खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र
त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन् ।