गृहमन्त्री लामिछानेबारे छानबिन गर्न कांग्रेसकाे माग

Jhalkonepal

 

काठमाडौं चैत ६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । छानबिन गर्न सरकार तयार नभए संसद चल्न नसक्ने उसले चेतावनी दिएको छ ।

 बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री  कुनै सहकारीको सञ्चालक र व्यवस्थपन नभएको र उहाँको नाममा प्रवाह भएको ऋण फर्स्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको प्रधानमन्त्रीको बताउनुभयाे । तर प्रधानमन्त्रीको जवाफमा कांग्रेसले चित्त बुझाएन । प्रश्नोत्तर सकिएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध गरे ।


प्रतिक्रिया