काठमाण्डौ,मंसिर ७
राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीलाई नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।
राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् ।
हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ ।
६ मङ्सिर २०८१, शुक्रबार ०४:५७ मा प्रकाशित