महिलाको गुनासोपछि बस्नेतको बयान, साइबर ब्युरोमा पेश गरियो लिखित स्पष्टिकरण

Jhalkonepal

काठमाडौं- नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर लिखित बयान दिएका छन् । एक महिलाले दिएको उजुरीको विषयमा आज ब्युरोको कार्यालय पुगेर बयान दिएका हुन् ।

उनले आज बिहान सवा ९ बजे कार्यालय पुगेर बयान दिएको सूचना अधिकारी एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

उनीविरुद्ध एक महिलाले दुर्व्यवहार गरेको आरोपसहित उजुरी दिएकी थिइन् ।

उजुरी दिए फर्किएका बस्नेतले आजै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । 

प्रतिक्रिया