प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

Jhalkonepal

काठमाण्डाै, माघ २५


प्रतिनिधि सभाको बैठक शुक्रबार (आज) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको छ । 

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्  र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ । अध्यादेश निर्णयार्थ पेश गरिने भन्ने बुँदा भने आजको कार्यसूचीमा राखिएको छैन ।

प्रतिक्रिया