काठमाडौँ, माघ ९
भैरहवा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)का सभापति रवि लामिछाने आज (बुधबार) रुपन्देही जिल्ला अदालतमा उपस्थित
हुँदैछन् ।
बुटवलस्थित सुप्रिम
सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता
भएको हो ।
सो अभियोगमा अदालतमा हाजिर हुन उनी भैरहवा पुगेका थिए ।
आज आफैँ अदालतमा उपस्थित हुने लामिछानेको तयारी रहेको रास्वपा स्रोतले जनाएको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४२
जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
८ माघ २०८१, बुधबार ०७:१२ मा प्रकाशित