काठमाडाैं , माघ २४
परराष्ट्रमन्त्री एनपि साउद आज अष्ट्रेलिया जाँदैहुनुहुन्छ ।
पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा भाग लिनका लागि परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जान लाग्नुभएकाे हाे ।
उहाँ आज साँझको फ्लाइटमार्फत त्यसतर्फ जानलागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिनुभयाे ।
परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
सम्मेलनकै क्रममा उहाँले अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछन ।
परराष्ट्र मन्त्रालयका अनुसार १४ फेब्रुअरीमा न्युजिल्याण्डको विदेश मन्त्री विन्सटन पिटर्स र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता हुनेछ ।
मन्त्री साउदसँग उहाँकी श्रीमती ज्योत्सना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रणण टोलीमा हुनुहुन्छ ।