प्रेस चौतारी नेपालको अध्यक्ष पाण्डे भएको घोषणा

Jhalkonepal

काठमाडौ , चैत ११

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत निर्वाचित हुनुभएको छ ।निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने अध्यक्षका दाबेदार  राजेश राईले निर्वाचन प्रक्रिया नहुने भएपछि   दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा भएको हो। 

बिराटनगरमा जारी १० औ महाधिवेशनको हलले पाण्डेलाई अध्यक्षमा घोषणा गरेको छ ।

निवर्तमान  अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गर्नुभएको हो ।

त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन हुनुभएको छ ।

प्रतिक्रिया