काठमाण्डौं, असार २२
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । यसले देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक/दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना छ ।
नारायणी र काली गण्डकी जलाधार क्षेत्र मा पछिल्लो ६ घन्टा मा मात्रै १४० देखि १५४ मिमि वर्षा भएको छ जुन अति भारी वर्षा हो । आज ती नदि र तिनका सहायक नदि र ती क्षेत्र बाट बग्ने खहरे खोलामा बाढी आउने सम्भावना उच्च छ ।
आज र भोलि (असार २२/२३) मा सुदुर पश्चिम , कर्णाली लुम्बिनी , गण्डकी , र बागमती अनि मधेस र कोशीका तराई का धेरै ठाउँमा भारी वर्षा को सम्भावना रहेको छ ।