काठमाडौं, असोज १४
विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ।
मदन पुरस्कार गुठीले मदन पुरस्कार ओझाको ‘ऐंठन’लाई दिने निर्णय गरेको हो। मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईकृत ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि थिए।
सांग्रिला बुक्सले प्रकाशन गरेको ‘ऐंठन’ को विमोचन गत चैतमा गरिएको थियो।
१३ असोज २०८०, आईतबार ०१:२० मा प्रकाशित