सप्तरी, माघ २६
बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६
केजी गाँजा बरामद भएको छ । प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त
परिमाणको गाँजा बरामद भएको हो ।
मौवहा
मल्हनिया प्रहरी चौकीका प्रहरी प्रमुखका अनुसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी
भइरहेको छ ।
गत पुस
२७ गते पनि बलान बिहुल गाउँपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते
जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७
किलो गाँजा बरामद भएको थियो ।
२५ माघ २०८१, शनिवार ०४:१५ मा प्रकाशित