काठमाडौं, कात्तिक १२
प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ।
आजको बैठकमा सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री महतले नै ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने, ‘भन्सार विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ।यस्तै बैठकमा परराष्ट्र मन्त्री एनपि साउदले ‘विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची छ।