प्रधानमन्त्रीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्र अवलोकन

Jhalkonepal

काठमाण्डौ, सावन ९

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् संकटग्रस्त क्षेत्र घोषित मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । ओलीले सुख्खाग्रस्त क्षेत्रको हेलिकप्टरबाट हवाई अवलोकन गरेका हुन । 

साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।


प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया