काठमाडौं, पुस १७
आज राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न
कार्यक्रम गरी मनाइदैछ ।
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ
राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागीएको हो ।
"नेपाली
टोपीः हाम्रो पहिचान "भन्ने नाराका साथ दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका
रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित
गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन
राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका
साथै विवाह, व्रतबन्धजस्ता
सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ । नेपाली युवाले
बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा
राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस
अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा
संस्कृति, पर्यटन तथा
नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।