काठमाण्डाैं, कार्तिक
१८
थाई एसिया
एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६:५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध
अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
'सुरुमा परीक्षण उडानका रूपमा चालक
दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा
अवतरण गरेको हो', विमानस्थलका सूचना
अधिकारी विनोदसिंह राउतले भने, 'अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।'
१७ कार्तिक २०८१, आईतबार ०१:२५ मा प्रकाशित