आज विश्व रेडियो दिवस

Jhalkonepal

काठमाण्डौं , फागुन १ 


आज विश्व रेडियो दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । फरवरी १३ तारिखलाई विश्वभरिका रेडियोकर्मीहरुले रेडियो दिवसको रुपमा मनाउदै आएका छन । नेपाल जस्तो भौगिलिक विकटता भएको देशमा रेडियो सूचना तथा सञ्चारको महत्वपूर्ण माध्यम बनेको छ । 

नेपालमा विक्र संबत २००७ साल चैत्र २० गते रेडियो नेपालको रुपमा सरकारले रेडियो स्थापना गरेको थियो । तर सामुदायिक र निजि स्तरमा भने २०४७ सालको परिवर्तन पछि २०५४ सालमा मात्र रेडियोहरु संचालनमा आएका छन । सामुदायिक स्तरबाट पहिलो पटक रेडियो सगरमाथाले २०५४ सालमा प्रशारण शुरु गरेको हो । त्यसपछि नेपालमा निजि स्तरबाट रेडियोहरुको स्थापना गाँउगाँउ सम्म फैलिएको छ । अहिले देश भरि लगभग ८०० भन्दा बढि रेडियोहरु प्रशारणमा रहेका छन । 

नेपालका सामुदायिक तथा ब्यवासयिक रेडियोहरुले नेपालमा सूचना सञ्चार र मनोरन्जनको लागि महत्वपूर्ण भुमिका खेलका छन । विशेष गरि नेपालको राजनितिक तथा सामाजिक परिवर्तनहरुमा रेडियोहरुको उल्लेखनिय भूमिका छ । 

विश्वरेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोर्यावले काठमाण्डौंमा आज सामुदायिक रेडियोहरुको अवको गन्तव्य विषयमा छलफल कार्यक्रमको आयोजना गर्दैछ । 

प्रतिक्रिया