घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति

Jhalkonepal

रामेछाप- रामेछाप नगरपालिका–३, लक्ष्मिबास महत टोलका खटबहादुर महतको घर गए राति आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । 

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद तथा गहनलगायत सम्पूर्ण सामानहरू जलेर पूर्णरुपमा क्षति भएको पीडितले बताए । घर जलेपछि बस्ने बास र खाने कुराको समेत सङ्कट भएको उनले जानकारी दिए । 

पीडित परिवारले उद्धार, राहत र बसोबासको व्यवस्था मिलाइदिनुहुन सम्बन्धित सबै निकायहरूमा अनुरोध गरेका छन् ।


प्रतिक्रिया