काठमाण्डाैं, कार्तिक
७
मौसम पूर्वानुमान
महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक
प्रभाव रहेको जानकारी दिएको छ ।
अहिले कोशी प्रदेशलगायत पहाडी
भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली
प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी भू-भागमा बदली हुनेछ
। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
पनि छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का
वर्षा हुन सक्नेछ ।
आगामी २४ घण्टामा पहाडी भू-भागका
एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । त्यसैले आवश्यक
सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
६ कार्तिक २०८१, बुधबार ०७:०४ मा प्रकाशित