काठमाण्डा,
माघ २७
मेक्सिकोमा बस र ट्रक ठोक्किदा कम्तीमा ४१ जनाको ज्यान गएको
छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१
जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।
बिहान बस र ट्रक आपसमा ठोक्किएपछि
बसमा आगलागी भएको थियो । बस पूर्णरुपमा जलेको छ । बसमा ४८ जना रहेकामा अरूको
अवस्थाबारे खोजी भइरहेको छ । बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को
गइरहेको बताएको छ ।
२६ माघ २०८१, आईतबार ०२:५४ मा प्रकाशित