काठमाडौं माघ ७
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको हुन ।
घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ।
असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।
सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।
डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ।
६ माघ २०८१, सोमबार १२:४३ मा प्रकाशित